घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
सारांश
- प्याब्सनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूलाई शिक्षा क्षेत्रबारे स्पष्ट दृष्टिकोण राख्न माग गरेको छ।
- प्याब्सनका अनुसार, निजी विद्यालय शिक्षा सुधारका साझेदार हुन् र लगानीको सुरक्षा हुनुपर्छ।
- प्याब्सनले उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्यको माग गरेको छ।
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्नुपर्ने माग गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्त्वपूर्ण साझेदार भएको बताए ।
उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्रलाई सार्वजनिक–निजी–सामुदायिक सहकार्यको मोडेलमा अघि बढाउने स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि निजी क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा स्वीकार गरी दीर्घकालीन नीति तय गर्नुपर्ने बताए ।
प्याब्सनले अभिभावक र विद्यार्थीलाई विद्यालय छनोट, शिक्षण माध्यम तथा शैक्षिक मोडल छनोट गर्ने अधिकार सुरक्षित हुनुपर्ने धारणा पनि व्यक्त गरेको छ । एकल प्रणाली जबर्जस्ती लागू गर्ने नीतिले शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने भन्दै बहुविकल्पीय प्रणालीले प्रतिस्पर्धा र गुणस्तर वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।
त्यसैगरी, शिक्षा क्षेत्रमा गरिएको निजी लगानी, पूर्वाधार र सम्पत्तिको कानुनी तथा नीतिगत सुरक्षा सुनिश्चित गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ । नीतिगत अस्थिरता, आकस्मिक कानुनी परिवर्तन र एकपक्षीय निर्णयका कारण लगानीको वातावरण कमजोर बनेको उल्लेख गर्दै स्थिर र विश्वासिलो नीति आवश्यक रहेको प्याब्सनको भनाइ छ ।
त्यस्तै,महासचिव आरबी कटवालले उच्च शिक्षाका लागि वर्षेनी ठुलो परिमाणमा पुँजी बिदेसिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्य गरी ठोस योजना अघि बढाउनुपर्ने बताए ।
त्यसैगरी, शिक्षामा निजी क्षेत्रले पुर्याएको योगदानको सम्मान गर्दै शिक्षा सम्बन्धी ऐन, नीति तथा निर्देशिकामा स्पष्ट स्थान दिनुपर्ने, निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा न्यायोचित र पारदर्शी अवसर सुनिश्चित गर्नुपर्ने तथा निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई राज्यका सीप विकास तथा शैक्षिक उन्नयन कार्यक्रमहरूमा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ ।
प्याब्सनले यी विषयहरू कुनै दल विशेषसँग मात्र सम्बन्धित नभई राष्ट्रको भविष्यसँग जोडिएका मुद्दा भएकाले सबै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा समावेश गर्नुपर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण