इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शनमा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको आरोपमा चार जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सुधारवादी राजनीतिज्ञ र पूर्व कूटनीतिज्ञहरू रहेका छन्, जसमा इजरायल र अमेरिकाको हितमा काम गरेको आरोप छ।
- जनवरीको हिंसात्मक प्रदर्शनपछि भएको कारबाहीको शृंखलाअन्तर्गत पक्राउ परेका व्यक्तिहरूमाथि अस्थिरता सिर्जना गर्ने गतिविधि सञ्चालन गरेको आरोप लागेको छ।
तेहरान । जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकामध्ये तीन जना प्रख्यात सुधारवादी राजनीतिज्ञ रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा इरानको रिफर्म फ्रन्टकी प्रमुख अजार मन्सुरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद एब्राहिम अस्घरजादेह छन् । चौथो व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।
इजरायल र अमेरिकाबाट सैन्य धम्की आइरहेका बेला देशमा उनीहरूले अस्थिरता सिर्जना गर्ने गतिविधि सञ्चालन गरेको आरोप न्यायपालिकाले लगाएको छ । सरकारी समाचार एजेन्सी मिजानका अनुसार उनीहरूले सडक आन्दोलनलाई वैध ठहर्याउने प्रयास गरेको दाबी गरिएको छ । रिफर्म फ्रन्टले सामाजिक सञ्जाल एक्समार्फत मन्सुरीलाई रिभोलुसनरी गार्ड (आईआरजीसी)को गुप्तचर बलले घरको ढोकाबाटै न्यायिक आदेशसहित पक्राउ गरेको पुष्टि गरेको छ । अन्य वरिष्ठ नेताहरूलाई पनि बोलावट पठाइएको बताइएको छ ।
पक्राउ जनवरीको हिंसात्मक आन्दोलनपछिको कडा कारबाहीको पछिल्लो श्रृंखला हो । ती प्रदर्शनहरू आर्थिक संकटबाट सुरु भए पनि देशव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएका थिए । सरकारले आन्दोलनकारीलाई आतंकवादी भन्दै इजरायल र अमेरिकालाई आन्दोलन भड्काएको आरोप लगाएको थियो । विरोध प्रदर्शनमा ३ हजार ११७ जनाको मृत्यु भएको इरानी सरकारले स्वीकार गरेको थियो ।
तर यी मृत्युमा राज्यका सुरक्षाकर्मी जिम्मेवार भएको अन्तर्राष्ट्रिय आरोप अस्वीकार गरेको छ । अमेरिकी मानवअधिकारवादी संस्था एचआरएएनएले भने यी विरोध प्रदर्शनमा ६ हजार ८५४ जनाको मृत्यु प्रमाणित भएको र थप हजारौँ घटनाको छानबिन भइरहेको जनाएको छ । पछिल्लो पक्राउले इरान–अमेरिका सम्बन्धमा थप तनाव बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण