भलिबल खेलाडी प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति
काठमाडौँ । नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथले किङ्ग्स कलेजबाट स्नातक अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकी छन् । बबरमहलस्थित किङ्ग्स कलेजले उनलाई व्यवसाय प्रशासन (बीबीए) अध्ययनका लागि ९० प्रतिशत छात्रवृत्ति प्रदान गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा कलेजका निर्देशक राज पौडेलसहित किङ्ग्स कलेज परिवारले प्रगतिलाई स्वागत गरेको थियो । कलेजले आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यसहित विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
उक्त अवसरमा भलिबलको विकासमा सक्रिय रुप्से स्पोट्र्स म्यानेजमेन्ट प्रा.लि. र किङ्ग्स कलेजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्रत्येक वर्ष रुप्से स्पोट्र्सको सिफारिसमा दुई जना राष्ट्रिय खेलाडीलाई किङ्ग्स कलेजले छात्रवृत्ति प्रदान गर्नेछ ।
कार्यक्रममा कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले राष्ट्रिय खेलाडीहरूलाई उच्च शिक्षा र सीप विकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले खेलाडीहरू अवसरको खोजीमा बिदेसिनु पर्ने अवस्था घटाउन यस्ता पहल आवश्यक रहेको उल्लेख गरे ।
रुकुम पश्चिमदेखि राष्ट्रिय टोलीसम्मको प्रगतिको यात्रा प्रेरणादायी रहेको उल्लेख गर्दै रुप्से स्पोट्र्सले खेलकुदसँगै शिक्षा अघि बढाउन सकिने उदाहरण प्रगतिले प्रस्तुत गरेको जनाएको छ । आगामी दिनमा खेलाडीहरूको शैक्षिक विकासका लागि किङ्ग्स कलेजसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि रुप्से स्पोट्र्सले जनाएको छ ।
किङ्ग्स कलेज अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग आबद्ध रहेको छ भने सन् २०२५ देखि विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत क्युएए मान्यताप्राप्त शैक्षिक संस्था हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण