कीर्तिमानी पूर्वधावक रोकाया सम्मानित
सारांश
- प्रयास मञ्च नेपालले धावक हरिबहादुर रोकायालाई सम्मान गरेको छ, जसले खेलकुदमा योगदान दिएका थिए।
- रोकायाले ओलम्पिक र एसियाली खेलकुद लगायतका प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेका थिए।
- सोही कार्यक्रममा पुष्पलाल श्रेष्ठ र बम भण्डारीलाई पनि सम्मान गरिएको थियो।
काठमाडौँ । प्रयास मञ्च नेपालले पूर्वधावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।
एभरेस्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबिच सम्मान गरे ।
त्यसै अवसरमा बुद्धवीर लामाले जुम्लाका एथलेटिक्स खेलाडीका लागि खेल पोसाक पनि रोकायालाई हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण