विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्छौं : प्रचण्ड
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका छ । मंगलबार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले विगतमा राजनीतिक दलहरूबाट भएका कमीकमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका हुन् ।
उनले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गरे । विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले २०८४ को सट्टा २०८२ सालमै हुनसक्ने निर्वाचनका लागि आफूलाई तयार पारेको दाहालको भनाइ छ ।
उनले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने स्पष्ट पारे । प्रतिबद्धता पत्रमा सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पती छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रस्ताव गरिएको छ ।
साथै प्रशासनलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाउँदै ५ वर्षभित्र २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य लिइएको बताउनु भयो । जेन–जी आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनको १० वर्ष पूरा भएको सन्दर्भमा यसको पुनरावलोकन र परिमार्जन गरिने बताए ।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गरी राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानलाई केन्द्रमा राख्ने पार्टीको मुख्य एजेण्डा रहेको उनको भनाइ छ । आर्थिक रूपान्तरणका लागि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य राखिएको उनले बताए । प्रतिवर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र १० हजार मेगावाट थप विद्युत उत्पादन गरी अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउने संकल्प प्रतिवद्धता पत्रमा समेटिएको उहाँको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण