२५ वर्षयताकै न्यून स्तरमा ओर्लियो फ्रान्सेली वाइन निर्यात
पेरिस । अमेरिकाले लगाएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) र चीनको एन्टी डम्पिङ शुल्कका कारण फ्रान्सेली वाइन र स्पिरिटको निर्यात गत वर्ष कम्तीमा २५ वर्षयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ ।
वाइन तथा स्पिरिट बिक्रेताहरूको समूह एफईभीएसका अनुसार २०२५ मा कुल निर्यात १६ करोड ८० लाख केसमा सीमित भएको छ । निर्यातको यो आकार अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत कम हो । यसलाई यस शताब्दीको सुरुवातयताकै सबैभन्दा कमजोर निर्यात भनिएको छ ।
मूल्यका हिसाबले निर्यात ८ प्रतिशतले घटेर १४ अर्ब ३० करोड यूरोमा सीमित भएको छ । यो पाँच वर्षयताकै न्यून हो । यस कमीसँगै वाइन र स्पिरिट फ्रान्सको दोस्रो ठुलो निर्यात क्षेत्रबाट तेस्रो स्थानमा खस्किएको छ । निर्यात क्षेत्रको आधारमा अहिले एरोस्पेस र कस्मेटिक्स अगाडि छन् । एफईभीएसका अध्यक्ष गाब्रिएल पिकार्डले २०२६ पनि चुनौतीपूर्ण रहने चेतावनी दिएका छन् ।
अमेरिकाले लगाएको ट्यारिफका र अरू २०० प्रतिशत ट्यारिफ लगाउने धम्कीका कारण समीक्षा अवधिमा अमेरिकी माग सुस्ताएको छ ।
२०२५ मा अमेरिकामा फ्रान्सेली वाइन र स्पिरिटको बिक्री २१ प्रतिशतले घटेर ३ अर्ब युरोमा झरेको छ । २०२६ मा विक्रीमा थप कमी आउन सक्ने पिकार्डले संकेत गरेका छन् । चीनमा पनि बिक्री २० प्रतिशतले घटेर ७६ करोड ७० लाख युरोमा सीमित भएको छ ।
विशेषगरी कोन्याक र आर्मान्याकजस्ता वाइन–आधारित स्पिरिटमाथि कडा एन्टी डम्पिङ शुल्कले ठुलो असर पारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण