राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर अब्बल, काठमाडौँ कमजोर
बिहीबार, २९ माघ २०८२, १५ : ०८
सारांश
- विराटनगर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ ।
- ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहँदा भरतपुर तेस्रो स्थानमा रहेको छ ।
- काठमाडौँ महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ ।
काठमाडाैँ । देशका ६ वटा महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ । त्यस्तै सबैभन्दा कमजोर काठाडाैँ महानगरपालिका रहेको पाइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर तयार गरेको मूल्याङ्कन रिपोर्टका अनुसार विराटनगरले ७८.११ अङ्क पाएर पहिलो स्थान कायम गरेको हो ।
त्यसैगरी दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । ललितपुरले ७६.३३ प्रतिशत अङ्क पाएको छ । चितवनको भरतपुरले ६८.०४ अङ्क पाएर तेस्रो स्थान बनाएको छ ।
चौथो स्थानमा पोखरा महानगरपालिकाले ५८.०४ अङ्क पाएको छ । पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगर छैटौँ स्थानमा परेको छ । काठमाडौँ महानगरपालिकाले ४४.९७ अङ्कमात्र प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण