नेपाललाई हराएपछि इटालीका प्रशिक्षक र कप्तानले के भने ?
काठमाडौँ । आईसिसी टी ट्वान्टी विश्वकपमा इटालीले नेपाललाई हराएपछि इटालीका प्रशिक्षक जोन डेभिसनले जितपछि आफ्नो खेलाडीको आँखा खुसीले रसाएको बताएका छन् ।
‘जितपछि मेरा खेलाडीको भावुक देखिए । मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे । बलिङ पनि हाम्रो योजनाअनुरूप नै भए । सबै हाम्रो योजनाअनुरूप नै भयो,’प्रशिक्षक डेभिसनले भने, ‘यो जितले इटालीको क्रिकेटलाई उचाइ लाने विश्वास लिएको छु । इटालीका पत्रपत्रिकामा फ्रन्ट पेजमा समाचार बन्ने आशा छ । यसले देशमा क्रिकेट ऊर्जाशील बनाउने विश्वास छ ।’
प्रशिक्षक डेभिसनले नेपालबारे इङ्गल्यान्डसँग कुराकानी गरेको र त्यसअनुरूप रणनीति बनाएको पनि उल्लेख गरे । इटालीका कप्तान ह्यारी म्यानेन्टीले यो जित इटालीका क्रिकेटमा खेलाडीलाई खेलेर नै अगाडि बढ्ने माध्यम बन्ने आशा गरेका छन् ।
‘हामी टी ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा २६औँ स्थानमा छौँ । विश्वको शीर्ष २० टोली खेल्ने विश्वकपमा स्थान बनाएका छौँ । सायद अब भने हाम्रो वरीयता र हामीलाई हेर्ने नजर परिवर्तन हुनेछ । इटाली क्रिकेट टिम धेरै वटा क्रिकेट संस्कार जोडिएर बनेको टिम हो । यहाँ अष्ट्रेलियनदेखि दक्षिण अफ्रिकाको क्रिकेटसँग पनि सम्बन्ध छ । हामी खेल्ने समय निकै सङ्घर्ष गरेर जोडिन्छौँ । तर हामीसँग एकदमै राम्रो कोचिङ टिम छ । जसले हामीलाई जोडेर राख्छ,’ उनले उल्लेख गरे ।
साथै कप्तान ह्यारीले टस जित्नु पनि टोलीका लागि महत्त्वपूर्ण क्षण रहेको बताएका छन् ।
‘हाम्रो लागि टस जित्नु पनि महत्त्वपूर्ण रह्यो । केही रणनीतिक परिवर्तन गर्यौँ । स्कटल्यान्डसँगको खेलमा गर्न नसकेका केही निर्णयहरू परिवर्तन गर्दा आज खेल जित्यौँ,’उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण