लमजुङको कार्यक्रम स्थगित गरेर पोखरा आइपुगे बालेन, आजै भैरहवा उड्ने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) धादिङबाट गोरखा हुँदै लमजुङको कार्यक्रममा सहभागी हुने प्रचार थियो । उनले धादिङमा गाडीबाटै रोड शो गरेर आशिका तामाङलाई मत मागे । त्यसपछि गोरखा छिरेका उनी केही समय क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङसँग बिताए ।
त्यसपछि गोरखकाली दरबार पुगेर उनी सीधै पोखरा आएर बसेका छन् । उनी पोखरा आएको पार्टीको संरचनालाई पनि खासै जानकारी छैन । ‘लमजुङमा कार्यक्रम छ भन्ने सुनेको हो । त्यसपछिको सेड्युल थाहा थिएन,’ एक नेताले भने, ‘तर, उहाँ राती नै पोखरा आएर बस्नुभएको छ भन्ने विहान मात्रै थाहा भयो ।’
आज लमजुङमा हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ । उम्मेदवार धर्म केसीका अनुसार पार्टीको बाचापत्र लगायत विभिन्न कामले गर्दा उनी कार्यक्रम स्थगित गरेर फर्किएका हुन् । ‘उहाँको गोरखा, तनहुँ र लमजुङ भ्रमण बाँकी छन् । अहिले व्यस्तताले स्थगित भएको छ,’ उनले भने, ‘गोरखामा पनि हिजो मन्दिर दर्शनका लागि मात्र जानुभएको हो । केही दिनभित्रै फेरी आउनहुन्छ ।’
केन्द्रबाट नै शुक्रबार दिउँसो बालेनको भ्रमणबारे खबर पुगेको र साँझ स्थगित भएको खबर आएको उनले बताए । पोखराको चाउथेमा बसेका बालेन आजै भैरहवा उड्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण