बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई
सुनसरी । छब्बिसौँँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको १८औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईले गरेको गोल खेलको निर्णायक बन्यो ।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड लगातार दोस्रोपटक उपविजेता बनेको हो भने पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड भने बुढासुब्बा गोल्डकपको विजेता बन्न सफल भएको छ ।
उपाधिसँगै प्लानिङ ब्वाइजले रु १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित भए । थापालाई रु १० हजार प्रदान गरियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे । उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल तथा उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अभियोमी घोष भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रतापसिंह राई, झापा–११ का एरोन थापा र राजेश दाहाल घोषित हुँदै जनही रु १२ हजार पुरस्कार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण