अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०३ फागुन २०८२, ११ : ०६
सारांश
- आज सुनको मूल्य बढेको छ, छापावाल सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएको छ, प्रतितोला १५ रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुन र चाँदीको मूल्य निर्धारण गरिएको हो।
काठमाडौं । आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो। यो अघिल्लो कारोबारको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढी हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुन प्रतिदस ग्राम २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य आज ४ हजार २ सय ७४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण