कांग्रेस समाजमा योगदान गर्न चाहनेका लागि राजनीतिको विश्वविद्यालय हुन्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताएका छन् ।
बुद्धिजीवी तथा पेसागत समूहद्वारा आइतबार आयोजित अन्तरक्रियामा उहाँले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउँदै समाजमा योगदान दिने जोकोहीलाई आउन मिल्ने र उनीहरूलाई पार्टीमा उचित व्यवस्थापन गर्न सकिने बताए।
महामन्त्री पौडेलले विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न आफूहरू तयार भएको बताए। स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न सहमतिको भावनाका साथ सबै प्रतिबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले त्यसमा आफू र आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।
पूर्वमन्त्री नरहरि आचार्यले पार्टीमा भएको नेतृत्व परिवर्तनले देशमा आशा जगाएको भन्दै अब कांग्रेसले जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्नेमा जोड दिए।
अर्थशास्त्री डा पोषराज पाण्डेले कांग्रेसमा परिवर्तन आवश्यक रहेकामा त्यो सफल भएको र अब परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पूर्वराजदूत शम्भुराम सिम्खडाले पार्टीमा भएको परिवर्तनमा सबैलाई जोडेर देश विकासमा अगाडि बढ्न सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण