मनमौजी मनराज : ४ महिनामा ४ पार्टी
सारांश
- माओवादी नेता मनराज गुरुङ पार्टीको कार्यशैलीप्रति असन्तुष्ट भई राजीनामा दिएर उज्यालो नेपाल पार्टीमा प्रवेश गरे।
- कुलमान घिसिङसँगै रास्वपामा प्रवेश गरेका गुरुङले पछि रास्वपा छाडेर तनहुँ-२ बाट उम्मेदवारी दिए, तर फिर्ता लिए।
- अन्ततः गुरुङले नेकपा एमाले प्रवेश गरेका छन्, केन्द्रीय सचिव खगराज अधिकारीको उपस्थितिमा।
पोखरा । मङ्सिर दोस्रो सातासम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेता रहेका मनराज गुरुङ पार्टीको एकता, नाम परिवर्तन र पछिल्लो कार्यदिशाप्रति असन्तुष्ट हुँदै मौन रहे । पार्टी नेपाली कम्युनिस्ट पार्टीमा पुगिसक्दा उनले त्यसलाई स्विकारेनन् र राजीनामा दिए ।
मङ्सिर अन्तिम सातामै उनी उज्यालो नेपाल पार्टी प्रवेश गरे । कुलमान घिसिङको काम देखेर प्रभावित बनेको भन्दै उज्यालो छिरेका उनी कुलमानसँगै रास्वपामा समाहित पनि भए ।
झण्डै महिना दिन उनीहरूले उज्यालोको गतिविधि ठप्प पारे । कुलमानको भाग मिलेन, उनी रास्वपाबाट अलग भए । मनराज पनि सँगै लागे । वैकल्पिक शक्तिहरू मिल्न नसके पुरानै दलहरूले निर्वाचन जित्न सक्ने वक्तव्य दिँदै आएका उनले उज्यालोबाट छुट्टै उम्मेदवारी दिए ।
तर, तनहुँ-२ मा उम्मेदवार रहेका मनराजको मनोनयन हप्ता दिन पनि टिकेन । केन्द्रीय नेतृत्वसँग सल्लाह नै नगरी मनराजले रास्वपालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए ।
रास्वपाले आयोजना गरेका केही कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएका उनी फेरि केही दिन चुपचाप बसे । धेरैले उनी नेपाली कांग्रेस प्रवेश गर्न लागेको आँकलन गरिरहेका थिए । तर, आइतबार केन्द्रीय सचिव खगराज अधिकारीलाई साक्षी राखेर उनी नेकपा एमाले प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण