निर्वाचन सुरक्षासम्बन्धी आवश्यक सामग्रीहरूको यथोचित व्यवस्था गर्न आयोगको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको छ ।
आयोगले सोमबार सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको हो । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणको लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन अनुरोध गरेका थिए ।
कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुद निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायबाट उच्च मनोबलका साथ तयारी भइरहेको सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले आयोगलाई जानकारी गराए ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरूको यथोचित व्यवस्था मिलाउन आयोगले सरकारलाई निर्देशन समेत दिएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण