भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी
सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ ।
विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्नका लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाँच वटा स्वास्थ्यचौकीको छनोट गरेर निर्माणका लागि अख्तियारीसमेत पठाइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार १४ वटा विद्यालय छनोट गरेर निर्माणका लागि पूर्वाधार विकास कार्यालयलाई अख्तियारी पठाएको छ । त्रिवेणी गाउँपालिकामा, चौरजहारी नगरपालिकामा र आठबीसकोट नगरपालिकामा एक/एक तथा बाँफीकोट गाउँपालिकामा दुई स्वास्थ्य संस्था निर्माण हुने भएका छन् ।
यसैगरी मुसिकोट नगरपालिका र चौरजहारीमा दुई/दुई विद्यालय, सानी भेरीमा र त्रिवेणी गाउँपालिकामा तीन तथा आठबीसकोटमा पाँच विद्यालय निर्माण गर्न अख्तियारी प्रदान गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
यस्तै, जाजरकोटमा २१ विद्यालय र पाँच वटा स्वास्थ्य संस्था, बारेकोटमा चार विद्यालय र दुई स्वास्थ्य संस्था निर्माण हुनेछन् । यसैगरी नलगाडमा तीन र भेरीमा दुई विद्यालय एवं एक स्वास्थ्य संस्था निर्माण हुनेछ । छेडागाड नगरपालिकामा तीन विद्यालय, एक स्वास्थ्य संस्था, कुशे गाउँपालिकामा दुई विद्यालय, एक स्वास्थ्य संस्था निर्माण गरिने जनाइएको छ ।
शिवालय गाउँपालिकामा दुई विद्यालय र जुनिचाँदेमा पाँच विद्यालय निर्माण गरिएने प्रवक्ता सुवेदीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण