घनश्याम भुसाललको टिप्पणी : ‘रास्वपा कांग्रेस र एमाले भन्दा फरक छैन’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, कांग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गरेका छन् । मंगलबार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उनले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनितिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताएका हुन् ।
यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिएपनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उनको आरोप छ । उनीहरुबिच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिस्पर्धा भइरहेको उनले दाबी गरे। पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उनको भनाइ छ ।
उनले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिवद्धताका बीचमा पनि खास अन्तर नरहेको उनले बताए। उनीहरुको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) पुर्याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उनले टिप्पणी गरे ।
भुसालले वर्तमान राजनीतिक प्रवृत्ति पपुलिजमतर्फ उन्मुख भएको आरोप लगाए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरु पितामहको संज्ञा दिए । नेकपा (संयुक्त) भने पपुलिष्ट धारभन्दा भिन्न रहेको उनको दाबी छ ।
उनले नेकपा (संयुक्त)ले राजनीतिमा सधैँ प्रतिपक्षको भुमिकामा रहने उल्लेख गरे । उनले निर्वाचनपछि पार्टीको सरकारमा कुनै दाबी नरहेने पनि स्पष्ट पारे । निर्वाचनका बेला कानूनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेद्वारी दिन पनि नसकिएको उनले जानकारी दिए।
उनकाअनुसार नेकपा (संयुक्त) ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ । संसद्मा जति नै सहभागिता भएपनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण