'चमेलीको पोइ'ले पनि गर्यो प्रदर्शन स्थगित
सारांश
- निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै 'चमेलीको पोइ' फिल्मको प्रदर्शन मिति सारिएको छ।
- फिल्म १३ चैत्रमा प्रदर्शन हुने भनिए पनि नयाँ मिति चाँडै तय गरिनेछ।
- फिल्म एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको हो, जसमा सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । पूर्वघोषित मितिमा फिल्म 'चमेलीको पोइ' प्रदर्शन नहुने भएको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अर्थात १३ चैत्रमा दर्शक माझ ल्याइने बताइएको भए तापनि देशको वर्तमान राजनैतिक स्थिति तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरी उक्त निर्णय गरिएको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ । प्रेस रिलिजसंगै जारी निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ । केही समय अघि सार्वजनिक फर्स्टलुक पोस्टरबाट चर्चा पाएको फिल्म प्रदर्शनका लागि आफूहरू शान्तिपूर्ण माहौलको पर्खाइमा रहेको समेत उल्लेख गरिएको छ ।
निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा अनि शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय छन् । उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रदीपकुमार सापकोटा,यमप्रसाद ओली र सुदिप कुँवर छन् ।
नारायण त्रिपाठी,सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतले अभिनय गरेको फिल्म आरआर फिल्मसले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण