सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, र प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ।
- अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनचाँदीको मूल्यमा परिवर्तन आएको महासंघले जनाएको छ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ ।
यस्तै, सुनको मूल्य आज प्रतिदश ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार प्रतिदश ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिदश ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ भने बुधबार ४ हजार १ सय ८४ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण