महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि (तस्बिरहरू)
सारांश
- काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तार सम्पन्न गरेको छ।
- साइकल प्रयोगकर्ताहरूले लेन प्रयोगमा जटिलता रहेको र सुधारको आवश्यकता औंल्याएका छन्।
- सडक खण्डको साइकल लेनको डिजाइन र गुणस्तरमाथि प्रश्न उठाउँदै प्रयोगकर्ता मैत्री बनाउनुपर्ने सुझाव दिइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ । यसअघि सडकमै हरियो रेखा कोरेर छुट्टाइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।
तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।
_TNFAI1Kf9q.jpg)
उनले भने–'साइक्लिङमा लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।'
_Jw46KSarSJ.jpg)
अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाऊँ कुदाऊँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिँड्ने र साइकल चलाउने लेन प्रस्ट रूपमा छुट्टाउनु पर्ने बताए । उनले भने–'यहाँ साइकल लेन भनिए पनि खास लेन छैन । साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन । डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन । आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो ।'
_ySmdLVT5cl.jpg)
तीनकुने–माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्–'पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौँ । साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ । प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौँ । साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ । साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ । सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ । '
_CZUa2RLZwu.jpg)
_xM9UDgDSJi.jpg)
_8bZVXFWuEI.jpg)
_jrUHA94pIr.jpg)
_qNjajJq6ps.jpg)
_Ujx5ZDGIQu.jpg)
_AkGb74i1mc.jpg)
_iyU4fW4BQa.jpg)
_P0OhqdM39T.jpg)
_7iUjKL7cyj.jpg)
_Tp85leZTLR.jpg)
_MzhFrMem0R.jpg)
_PtfLNmk1yt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण