हत्यामा संलग्न व्यक्ति एक वर्षपछि पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्ता गाउँका युवा इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्यामा संलग्न व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् ।
सोही ठाउँका ५३ वर्षीय अफजल पठानलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपाकपातलीका अनुसार प्रतिवादी पठानलाई नेपाल आउन लागेको समयमा नेपाल–भारत सीमा क्षेत्र जमुनाहाबाट पक्राउ गरिएको हो । पठानलाई फागुन ५ गते पक्राउ गरिएको थियो ।
घटना भएपछि उनी फरार थिए । लुकीछिपी भारत बस्दै आएका पठान नेपाल आउन लागेका बेला विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सूचनाअधिकारी पातलीले बताए ।
बिर्ता गाउँका २२ वर्षीय खाँको २०८० चैत्र १८ गते घरदेखि पाँच सय मिटर पूर्व गंगारामपूर्वादेखि तेलियनपुर जाने बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको भएको थियो । हत्याको भोलिपल्ट रातिदेखि खाँ घरबाट सम्पर्कविहीन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण