बाँकेमा नमूना मतदान अभ्यास
सारांश
- बाँकेमा प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि नमूना मतदान अभ्यास गरियो।
- जिल्ला निर्वाचन अधिकारीका अनुसार, यसले निर्वाचनलाई निष्पक्ष बनाउन मद्दत गर्छ।
- १६० अधिकृतलाई प्रशिक्षण दिइयो र अभ्यास फागुन १४ गतेसम्म जारी रहनेछ।
नेपालगञ्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आज मतदान अभ्यास गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमूना मतदान अभ्यासले सघाउ पुर्याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए । निर्वाचन प्रक्रियामा त्रुटि हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै उनले विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्त्यसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गरे ।
शान्ति पूर्ण रूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमूना मतदान अभ्यासको उद्देश्य रहेको शाहीको भनाइ छ ।
यहाँ एक सय ६० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको र चरण चरणमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई पुनः नमूना मतदान अभ्यासद्वारा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले मतदान अभ्यास प्रक्रियामा सहजीकरण गर्नुभएको थियो । यस्तो अभ्यास तथा प्रशिक्षण फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण