बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२७ वर्षपछि ‘हसिना मान जाएगी’ को सिक्वेल बन्ने

सोमबार, ११ फागुन २०८२, ०७ : ५१
सोमबार, ११ फागुन २०८२

सारांश

  • नब्बेको दशकको चर्चित कमेडी फिल्म ‘हसिना मान जाएगी’को सिक्वेल बन्ने तयारी हुँदैछ।
  • फिल्मको निर्देशन फरहाद सामजीले गर्नेछन्, र २०२६ को मार्चसम्ममा कास्टिङ सुरु हुनेछ।
  • निर्माताले युवा अभिनेताहरूलाई मुख्य भूमिकामा अनुबन्ध गर्ने लक्ष्य राखेका छन्।

मुम्बई । नब्बेको दशकको चर्चित कमेडी फिल्म हसिना मान जाएगीको सिक्वेल निर्माणको तयारी तीव्र पारिएको छ। बलिउडमा पछिल्लो समय एक्सन फिल्महरूको दबदबा बढिरहेका बेला दर्शकलाई हँसाउन निर्माता स्मिता ठाकरेले यस सुपरहिट फिल्मको दोस्रो भाग ल्याउन लागेकी हुन्। 

सन् १९९९ मा प्रदर्शनमा आएको मूल फिल्मको आत्मालाई कायम राख्दै 'हसिना मान जाएगी २' लाई आजको पुस्ता सुहाउँदो आधुनिक शैलीमा प्रस्तुत गरिने तयारी छ। यस पटक फिल्मको लेखन र निर्देशनको जिम्मेवारी फरहाद सामजीले सम्हाल्ने भएका छन्।

सुरुमा निर्माताहरूले यस सिक्वेलका लागि पुराना निर्देशक डेभिड धवनलाई नै अघि सार्न चाहेका थिए, तर 'जुडवा' र 'कुली नम्बर १' पछि आफ्ना पुराना फिल्मलाई फेरि नबनाउने उनको अडानका कारण फरहाद सामजीले यो प्रोजेक्ट हात पारेका हुन्। 

सन् २०२६ को मार्च महिनासम्ममा फिल्मको कास्टिङ प्रक्रिया सुरु गर्ने योजना बनाइएको छ। निर्माण पक्षले अहिलेका चर्चित दुई युवा अभिनेतालाई मुख्य भूमिकामा अनुबन्ध गर्ने लक्ष्य राखेको छ। 

गोविन्दा, सञ्जय दत्त, कादर खान र करिश्मा कपुरको अभिनय रहेको मौलिक फिल्म मात्र ९ करोड भारुमा बनेर विश्वभर २७ करोडभन्दा बढी कमाउन सफल भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप