छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो
सारांश
- सवारी दुर्घटनामा परी सर्लाही, मकवानपुर र दाङमा गरी तीन जनाको मृत्यु भएको छ।
- सर्लाहीमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- मकवानपुर र दाङमा मोटरसाइकल र ट्र्याक्टरबाट खसेर एक-एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। सोमबार राति सर्लाही, मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीन पुरुषले ज्यान गुमाएका हुन्।
सर्लाहीको बरहथवा नगरपालिका–१ नागमन्दिर नजिकै ज १ त ४५२० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय ३० वर्षीय भोला सहनीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका सहनीको नगर अस्पताल बरहथवामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यसैगरी, मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४० वर्षीय प्रेम बहादुर गोलेको ज्यान गएको हो। बकैया गाउँपालिका–८ बस्तीपुरका बासिन्दा गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उता दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरबाट खस्दा स्थानीय ४५ वर्षीय हरि प्रसाद चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लमही अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनापछि ट्र्याक्टरसहित फरार रहेका चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण