साम्बाको उपचारमा एन्फाले वास्ता नगरेको भन्दै खेलाडीको प्रदर्शन, तस्बिरहरू
सारांश
- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारमा एन्फाले चासो नदेखाएपछि खेलाडीहरुले विरोध गरे।
- एन्फाले लिग खेल समयमै नगरेको र खेलाडीको उपचारमा ध्यान नदिएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन्।
- सावित्राको उपचारका लागि विदेशबाट ४१ लाखभन्दा बढी रकम जम्मा भइसकेको छ, भने नेपाली कांग्रेसले ५ लाख सहयोग गरेको छ।
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वास्ता नगरेपछि राष्ट्रिय टिमका पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्। समयमै लिग खेल सञ्चालन गर्न नसकेको एन्फाले खेलाडीको उपचारमा वास्ता नगरेको भन्दै प्रदर्शनी गरेका हुन् ।

‘साम्बा’को उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटिसकेको छ । उनले सामाजिक सञ्जालमार्फत सोमबार औपचारिक आह्वान गरेअनुसार विदेशबाट सहयोग गर्न चाहनेहरूका लागि ‘गिभ अ लिटिल’को लिंक सेयर गरेकी थिइन् ।

साम्बाको आह्वानपछि नेपालबाट पनि सहयोग सङ्कलन भइरहेको छ । नेपाली कांग्रेसले समेत अखिल नेपाल फुटबल संघ एन्फामार्फत ५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै विभिन्न संघ संगठन र व्यक्तिगत तवरबाट पनि सहयोग आह्वान भइरहेको छ ।

हाल घुँडाको गम्भीर चोटका कारण उनी उपचारको तयारीमा छन् । तर, एन्फाले कुनै सहयोग नगरेको भन्दै उनले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी हुन् ।




तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण