पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
सारांश
- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएको छ।
- कोशी प्रदेशमा मध्य पहाडी लोकमार्ग र पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा छन् भने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमका कारण एक सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने अर्को सडकखण्ड मर्मतका लागि एक महिनासम्म बन्द रहनेछ।
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बिहान ८ बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित बनेको छ। उक्त सडकखण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ।
यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलिया बुढीखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। संखुवासभाको भोटखोला गाउँपालिका–३ स्थीत स्याउलेमा पहिरो खस्दा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–काठमाडौँ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत कुलुङबनी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडकखण्ड करिब एक महिनासम्म बन्द रहने जनाइएको छ।
गण्डकी प्रदेशको स्याङ्जास्थित अन्नपूर्ण गाउँपालिका–६ महभीर क्षेत्रमा पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड प्रभावित भए पनि बिहान ८ बजेदेखि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण