आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ।
- आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको न्यून जोखिम रहेको छ।
- आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स-साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ।
महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ। ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को न्यून जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
यसैगरी, भोलि र पर्सी पनि देशका विभिन्न भागमा बहाव बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको छ। आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स-साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान महाशाखाको छ।
यद्यपि, देशका प्रमुख ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि अहिले जलसतह सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
-
वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण