तौल घटाउने नाममा खतरनाक ट्रेन्ड : प्लास्टिकको ‘माउथ कन्डम’ बेरेर खाना चपाउनेको लर्को
सारांश
- चिनियाँ सामाजिक सञ्जालमा युवाहरूले तौल घटाउन मुखमा प्लास्टिक बेरेर खाना खाइरहेका छन्।
- यस ट्रेन्डमा खानाको स्वाद लिने तर क्यालोरी शरीरमा जान नदिने प्रयास गरिन्छ।
- स्वास्थ्य विज्ञहरूले यसलाई ठूलो स्वास्थ्य संकटको रूपमा चेतावनी दिएका छन्, जसले बुलिमिया जस्ता रोग निम्त्याउन सक्छ।
बेइजिङ । सामाजिक सञ्जालमा भाइरल हुने चक्करमा युवापुस्ताले आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन्। पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालमा एउटा यस्तो अनौठो र डरलाग्दो ‘वेट लस ह्याक’ भाइरल भइरहेको छ, जसमा मानिसहरूले तौल घटाउनका लागि मुखमा पातलो प्लास्टिक बेरेर खाना खाने नाटक गरिरहेका छन्।
यसलाई इन्टरनेटमा माउथ कन्डमको नाम समेत दिइएको छ। यो विचित्रको ट्रेन्डमा सहभागीहरूले मुखको भित्री भागमा प्लास्टिकको तह राख्छन् र त्यसको माथिबाट खाना चपाउँछन्। यसको मुख्य उद्देश्य खानाको स्वाद लिनु तर शरीरभित्र क्यालोरी जान नदिनु हो।
प्लास्टिकले गर्दा खाना र शरीरको प्रत्यक्ष सम्पर्क हुँदैन। उनीहरू केही बेर जोडजोडले खाना चपाउँछन् र पछि त्यसलाई थुतेर फाल्छन्। यसरी मस्तिष्कलाई खाना खाइरहेको भ्रम दिएर भोक मेटाउन सकिने दाबी उनीहरूको छ।
यद्यपि, स्वास्थ्य विज्ञहरूले यो ट्रेन्डलाई एउटा ठुलो स्वास्थ्य संकटका रूपमा चित्रण गरेका छन्। यसरी खाना चपाउने नाटक गर्दा शरीरले आवश्यक ऊर्जा र पोषण नपाउने मात्र होइन, यसले भविष्यमा खानाप्रति झन् बढी तीव्र इच्छा जगाउन सक्छ। सबैभन्दा डरलाग्दो पक्ष त के छ भने, यसले बुलिमिया र एनोरेक्सिया जस्ता गम्भीर खानपान सम्बन्धी मानसिक रोग निम्त्याउने खतरा रहन्छ। यसले मस्तिष्कलाई क्यालोरीविनाको स्वादमा मात्र आनन्द लिन अभ्यस्त बनाउँछ, जुन स्वास्थ्यका लागि घातक हुन्छ।

यति मात्र होइन, प्लास्टिक चपाउँदा शरीरमा ठुलो मात्रामा माइक्रोप्लास्टिक प्रवेश गर्ने जोखिम हुन्छ। चपाउने क्रममा प्लास्टिकका साना कणहरू र्यालसँग मिसिएर श्वासप्रश्वास र पाचन प्रणालीमा पुग्छन्, जसले दीर्घकालीन रूपमा क्यान्सर जस्ता जटिल रोग निम्त्याउन सक्छ।
एउटा सामान्य प्रयोगबाट सुरु भएको यो सनक अहिले इन्टरनेटमा लाखौँ पटक हेरिएको छ र यसले विश्वभर चिन्ता बढाएको छ। तौल घटाउने नाममा यस्ता अव्यवहारिक र जोखिमपूर्ण तरिका अपनाउनुको साटो सन्तुलित आहार र व्यायाम नै उत्तम विकल्प भएको चिकित्सकहरूको सुझाव छ।
A trend among young people in China: For fear of obesity and in order to feel full, they place a plastic bag over their mouth while eating.pic.twitter.com/WZmOHS9LvO
— China pulse 🇨🇳 (@Eng_china5) February 17, 2026
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण