मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कलंकी–बसुन्धारा खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीलाई कर छुट दिने सरकारको निर्णय

बुधबार, १३ फागुन २०८२, १४ : १३
बुधबार, १३ फागुन २०८२

काठमाडौँ । सरकारले काठमाडौँ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने निर्णय गरेको छ । 

यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको काम अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माण सामग्री, उपकरणको आयात, निर्माण सामग्री खरिदलगायतमा लाग्ने सबै भन्सार तथा आन्तरिक करहरूमा छुट दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । सोही बेला  सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो र ती हटाइए पनि काम बढ्न सकेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप