मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सैन्य दबाबबिच ट्रम्प भन्छन्: इरानसँग कूटनीतिक समाधान नै पहिलो प्राथमिकता

बुधबार, १३ फागुन २०८२, १४ : २२
बुधबार, १३ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवाद कूटनीतिक रूपमा समाधान गर्न चाहेको बताए ।
  • ट्रम्पले इरानले आणविक हतियार बनाउन लागेको र अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने क्षेप्यास्त्र बनाइरहेको आरोप लगाए ।
  • ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने र कूटनीतिक वार्ताको विकल्प खुला राख्ने बताए ।

 

वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवाद कूटनीतिक रूपमा समाधान गर्न आफू इच्छुक रहेको बताएका छन् । यद्यपि उनले तेहरानविरुद्ध सम्भावित सैन्य कारबाहीको औचित्य पनि प्रस्तुत गरेका छन् । 

मंगलबार कांग्रेसको संयुक्त बैठकमा वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा गरिएको टिप्पणीहरूमा ट्रम्पले इरानलाई आक्रामक स्वरमा प्रहार गरेका थिए । इरानले अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको अनि गत वर्ष अमेरिकी हमलाले क्षतिग्रस्त बनेको इरानको आणविक कार्यक्रम पुनः सुरु गर्न लागेको आरोप पनि लगाए ।

ट्रम्पले बारम्बार ती साइटहरू ध्वस्त पारिएको भनेका छन् । तर यी दबी विज्ञहरूले विवादास्पद भनेका छन् । ‘हामीले यसलाई ध्वस्तै पार्यौ तर तिनीहरू यो फेरि सुरु गर्न चाहन्छन् । र यस क्षणमा तिनीहरू  फेरि आफ्नो भयावह महत्त्वाकाङ्क्षालाई पछ्याइरहेका छन्,’ रेकर्ड गरिएको सम्बोधनमा करिब डेढ घण्टापछि इरान विषय उठाउँदै ट्रम्पले भने । ‘हामी तिनीहरूसँग वार्तामा छौँ । तिनीहरू सम्झौता गर्न चाहन्छन्, तर हामीले ती गोप्य शब्दहरू सुनेका छैनौंः ‘हामीसँग कहिल्यै आणविक हतियार राख्नेछैन,’ अझ अगाडि उनले भनेका छन् ।

आफ्नो प्राथमिकता कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नु भएको ट्रम्पले बताए । ‘तर एउटा कुरा निश्चित छः म विश्वको आतंकवादको नम्बर एक प्रायोजक, जुन तिनीहरू अहिलेसम्म छन्, लाई कहिल्यै आणविक हतियार राख्न दिने छैन ।’ उनले भने । ‘त्यसो हुन दिन म कदापि सक्दिन,’ उनले थपे ।

उनका अनुसार २०२५ को जुनमा अमेरिकी हमलापछि इरानलाई हतियार कार्यक्रम पुनर्निर्माण नगर्न चेतावनी दिइएको थियो, तर तेहरानले त्यसलाई बेवास्ता गरेको छ । यद्यपि, इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।

 अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले पनि गत वर्ष इरानले परमाणु हतियार बनाउने ठोस प्रमाण फेला नपारेको जनाएका थिए । तर ट्रम्पले तेहरान चाँडै अमेरिकी भूभागसम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासमा लागेको आरोप लगाएका छन् । उनले इरान र उसका सहयोगी समूहहरूले सडकछेउ बम आक्रमणमार्फत अमेरिकी सैनिक र सर्वसाधारणको हत्या गरेको दाबी गरे ।

त्यसैगरी, उनले हालैका सरकारविरोधी प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी मारिएको विषय उठाउँदै इरानी शासनको आलोचना गर । ‘इरानी शासन र उसका घातक प्रतिनिधिहरूले आतंक, मृत्यु र घृणा बाहेक केही फैलाएका छैनन्,’ ट्रम्पले भने । ट्रम्पको यो अभिव्यक्तिले एकातिर कूटनीतिक वार्ताको ढोका खुला राखेको देखाए पनि अर्कातिर इरानमाथि सैन्य दबाब कायम रहने संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप