निर्वाचनमा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड
सारांश
- निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन जोड दिइयो।
- सरोकारवाला निकायहरूले समन्वय र सहकार्य गरी निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिइयो।
- अन्तरक्रियाबाट प्राप्त सुझावले निर्वाचन सुरक्षालाई सुदृढ बनाउन मद्दत गर्नेछ।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा बुधबार निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी भयरहित वातावरणमा सम्पन्न गराउन सूचना सङ्कलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखी तर्जुमा गरिएका सुरक्षा रणनीति एवं कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलताअनुसार आपसी समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने बताए ।
यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचनपश्चात्को सम्पूर्ण चुनौतीलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए ।
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताए ।
नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनसमेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती/विश्लेषणलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण