मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक

मङ्गलबार, ०९ असार २०८३, ११ : ११
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिएपछि धारणा बनाउन संसदीय दल र सचिवालयको छुट्टाछुट्टै बैठक बोलाएको छ ।
  • संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषय र पौडेलको पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ ।
  • पार्टीको सचिवालय बैठक आजै साँझ ६ बजे ओली निवास गुण्डुमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ ।

काठमाडौँ । नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । 

सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो । 

संसदीय दलको बैठक मंगलार दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए । 

एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप