मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार, ०९ असार २०८३, ११ : १२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
  • आज छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४० रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप