पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
कास्की । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ ।
पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
“तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ”, उनले भने, “यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ ।” यस वर्ष ३०० रोपनी क्षेत्रफलका लागि किसानलाई बीउ अनुदानमा वितरण गरिएको जानकारी दिँदै उहाँले अनुदानबाहेक पनि ठूलो क्षेत्रफलमा किसानहरूले आफैँले बीउ खरिद गरी तरबुजाखेती गर्न लागेको बताए । महानगरपालिकाले बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नम्बर १३, १४, ३३ लगायत स्थानमा झण्डै २०० रोपनीमा तरबुजाखेती गरिएकोमा रु दुई करोड बराबरको कारोबार भएको थियो । किसानलाई यसतर्फको आकर्षण गराउन महआनगरपालिकाले तरबुजा मेलासमेत गर्दै आएको छ । उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ३५ तोकेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण