रसुवाका मतदान केन्द्रमा सीसी क्यामरा जडान
रसुवा । आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सीसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ ।
निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तर्क्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने ती कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरी सकिएको जानकारी दिए । उनका अनुसार मतपेटिकासमेत ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा रहेका छन् ।
मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएका छन् भने पाँचैवटा गाउँपालिकामा एक/एक जना अनुगमनकर्तासमेत खटाइ दैनिक प्रगति सङ्कलन भइरहेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको कार्यालयको भनाइ छ ।
निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाउँमा बैंक खाता खोल्ने काम पनि सम्पन्न भएको छ । हाल जिल्लामा ४१ हजार ४७१ मतदाता रहेको र निर्वाचनमा ९ वटा दल र तीनवटा स्वतन्त्रसमेत १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको कार्यक्रम सञ्चालक निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण