भेरीमा बेपत्ता २१ वर्षीया पुष्पाको शव फेला
बिहीबार, १४ फागुन २०८२, ११ : २७
सारांश
- शुक्रबार भेरी नदीमा बेपत्ता भएकी २१ वर्षीया पुष्पा सिंहको शव बिहीबार फेला परेको छ।
- शव सुर्खेतको भेरी नदी किनारमा फेला परेको हो।
- पुष्पाले सल्यानको बनगाड कुपिण्डे नगरपालिका-६ सुनौलीस्थित भेरी नदीको पुलबाट हाम फालेको बताइएको छ।
सुर्खेत । गत शुक्रबार भेरी नदीमा बेपत्ता भएकी २१ वर्षीय पुष्पा सिंहको शव फेला परेको छ ।
सल्यान प्रहरीका अनुसार, बिहीबार सुर्खेत गुर्भाकोट नगरपालिका—९, पोखरे स्थित भेरी नदीको किनार शव भेटिएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँकी पुष्पाको माइतीघर सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली हो । गत शुक्रबार दिउँसो १२ बजेतिर सोही नगरपालिकाको वडा नम्बर १ को जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट उनी नदीमा हाम फालेको बताइएको छ ।
लगत्तै उनका श्रीमान् त्रिदेव मल्लले फोन गरेर इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण