सामरा र दीपेन्द्र सहितको ‘एसोसिएट टिम अफ द टुर्नामेन्ट’
सारांश
- सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट टोलीहरूले उत्कृष्ट प्रदर्शन गरे।
- युवराज सामरा, दीपेन्द्र सिंह ऐरी, बास डि लिडे, र अन्य खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।
- श्याड्ले भान शाल्कविकले सर्वाधिक १३ विकेट लिए।
सन् २०२६ को टी–२० विश्वकप यस्तो प्रतियोगिता रह्यो, जहाँ एसोसिएट टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण सदस्य राष्ट्रहरूलाई कडा टक्कर दिए।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर चम्किएका खेलाडीहरू को-को हुन् त? यहाँ एसोसिएट टोलीहरूको टिम अफ द टुर्नामेन्ट प्रस्तुत गरिएको छ।
१. युवराज सामरा (क्यानडा)
(३६.०० को औसत र १५६.५२ को स्ट्राइक रेटमा १४४ रन)

१९ वर्षीय ओपनर टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्ने पहिलो एसोसिएट ब्याटर बने। उक्त उत्कृष्ट इनिङ्समा उनले म्याट हेनरीलाई क्रिजबाट अघि बढेर प्रहार गरे, जेम्स निसमलाई कडा प्रहार गरे र कोल म्याककोन्चीलाई बाउन्ड्री कटाए। तर उक्त ११० रनको ऐतिहासिक इनिङ्सबाहेक अन्य तीन खेलमा भने उनले १७ रनको आँकडा पार गर्न सकेनन्।
२. शायन जहाँगिर - विकेटकिपर (अमेरिका)
(३०.३३ को औसत र १३७.८७ को स्ट्राइक रेटमा ९१ रन)

एसोसिएट विकेटकिपरहरूका लागि यो प्रतियोगिता खासै राम्रो रहेन, त्यसैले विकेटकिपर जहाँगिरले अर्को ओपनरको स्थान लिएका छन्। पाकिस्तानविरुद्ध ६ जना साथीहरू एक अंकको स्कोरमै आउट हुँदा जहाँगिरले ३४ बलमा अर्धशतकभन्दा एक रनले चुकेको (४९ रन) इनिङ्स खेल्दै अमेरिकालाई जितको आशा दिलाएका थिए। एसएससीको स्पिन–मैत्री पिचमा उनले साइम अयुब, मोहम्मद नवाज र अबरार अहमदलाई खुलेर प्रहार गरे। यद्यपि, अन्य खेलहरूमा उनले सोही लय कायम राख्न सकेनन्।
३. बास डि लिडे (नेदरल्यान्ड्स)
(५२.६६ को औसतमा १५८ रन; १९.६० को औसतमा ५ विकेट)

यी अलराउन्डर समूह चरणका उत्कृष्ट खेलाडीमध्ये एक थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनले पाकिस्तान र भारतविरुद्ध क्रमशः ३० र ३३ रनको उपयोगी पारि खेले। तर, दिल्लीमा नामिबियाविरुद्धको उनको अविजित ७२ रनको इनिङ्स सबैभन्दा उत्कृष्ट रह्यो। उक्त दिन उनले तीन ओभरमा २० रन दिएर २ विकेट पनि लिएका थिए भने अमेरिकाविरुद्धको हारमा पनि तीन विकेट झारेका थिए।
४. दीपेन्द्र सिंह ऐरी (नेपाल)
(५६.३३ को औसत र १४४.४४ को स्ट्राइक रेटमा १६९ रन)

लोकेश बमको अविजित ३८ रनको मद्दतले नेपालले इंग्ल्यान्डलाई कडा टक्कर दिएको थियो, तर वानखेडेको सुस्त पिचमा ऐरीले २९ बलमा बनाएको ४४ रन र २३ रन दिएर लिएको २ विकेटले इंग्ल्यान्डलाई सुरुवाती झट्का दिएको थियो। त्यसपछि वेस्ट इन्डिजविरुद्ध अन्य ब्याटरहरूले संघर्ष गरिरहेको दिन उनले ५८ रन बनाएर इनिङ्स सम्हाले। स्कटल्यान्डविरुद्ध २३ बलमा आक्रामक अविजित ५० रन बनाउँदै टोलीलाई जित दिलाएर उनले उत्कृष्ट रूपमा प्रतियोगिताको अन्त्य गरे।
५. गेर्हार्ड इरास्मस - कप्तान (नामिबिया)
(११.८५ को औसत र ७.५४ को इकोनोमीमा ७ विकेट)

नामिबियाका कप्तान तथा अलराउन्डरले ब्याटिङमा खासै जादु देखाउन नसके पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए। उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर ४ विकेट लिनु थियो। भारतले २०९ रनको बलियो योगफल बनाउँदा पनि उनको बलिङ भेरिएसनले ५.०० को इकोनोमी कायम राख्न मद्दत गर्यो। उनले इशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या र अक्षर पटेललाई आउट गरेका थिए। उनले अमेरिकाविरुद्ध २७ रन दिएर २ र पाकिस्तानविरुद्ध २५ रन दिएर १ विकेट लिए।
६. शुभम रञ्जने (अमेरिका)
(७०.५० को औसत र १८०.७६ को स्ट्राइक रेटमा १४१ रन)

रञ्जनेले ठूला टोलीविरुद्ध कयौं प्रभावकारी इनिङ्सहरू खेले। भारतविरुद्ध रन बनाउन गाह्रो भइरहेको अवस्थामा उनले पाण्ड्या, वरुण चक्रवर्ती र मोहम्मद सिराजमाथि काउन्टर–अट्याक गर्दै २२ बलमा ३७ रन बनाए। त्यसपछि पाकिस्तानविरुद्ध ३० बलमा ५१ रन बनाएर पाकिस्तानी टोलीलाई दबाबमा राखे। नेदरल्यान्ड्सविरुद्ध उनको २४ बलको ४८ रनले अमेरिकालाई १९६ रनको विशाल योगफलमा पुर्यायो। उनको मिडियम–पेस बलिङले अमेरिकालाई महत्त्वपूर्ण छैटौं बलरको विकल्प पनि दिएको थियो।
७. बेन मनेन्टी (इटाली)
(४६.०० को औसतमा १३८ रन; २०.६० को औसतमा ५ विकेट)

इटालीको पहिलो विश्वकप अभियानमा मनेन्टी दाजुभाइमध्ये जेठा बेन एक्स–फ्याक्टर सावित भए। उनले ४ ओभरमा ९ रन मात्र दिएर २ विकेट लिएपछि नेपालको आशा समाप्त भयो र इटालीले विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक जित हात पार्यो। इंग्ल्यान्डविरुद्ध उनको २५ बलको ६० रनले विपक्षीलाई दबाबमा राख्यो भने स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन उनको अर्को उत्कृष्ट प्रदर्शन थियो। वेस्ट इन्डिजविरुद्ध लिएको दुई विकेटसमेत जोड्दा क्रिक इन्फोको तथ्यांकअनुसार बेन मनेन्टीको इम्प्याक्ट–प्रति–म्याच दर प्रतियोगितामै सबैभन्दा उच्च छ।
८. माइकल लिस्क (स्कटल्यान्ड)
(१३.५५ को औसत र ७.६२ को इकोनोमीमा ९ विकेट)

इटालीविरुद्ध लिस्कले २०औं ओभरमा ५ बलमै अविजित २२ रनको विस्फोटक पारि खेल्दै टोलीलाई २०० रन पार गराए र पछि आफ्नो अफस्पिनबाट १७ रन दिएर ४ विकेट लिए। उनी बललाई धेरै टर्न गराउने बलर होइनन्, तर अराउन्ड द विकेट आएर दायाँहाते ब्याटरहरूलाई बाँधेर राखे, जहाँ उनले इंग्ल्यान्डविरुद्ध ह्यारी ब्रुकलाई पनि आउट गरे। लिस्कले स्कटल्यान्डको अन्तिम खेलमा नेपालका तीनवटै विकेट (सबै दायाँहाते ब्याटर) पनि लिएका थिए।
९. श्याड्ले भान शाल्कविक (अमेरिका)
(७.७६ को औसत र ६.८० को इकोनोमीमा १३ विकेट)

अमेरिकाका यी दायाँहाते सिमरले विश्वकपको सानदार सुरुवात गरे। भारतविरुद्ध पावरप्लेको एकै ओभरमा ३ विकेट लिएर वानखेडे स्टेडियमलाई शान्त बनाएका उनले अन्ततः २५ रन दिएर ४ विकेट लिए। त्यो स्पेलले भारतलाई इनिङ्स ब्रेकमा निकै दबाबमा राखेको थियो। त्यसपछि पाकिस्तानविरुद्ध पनि उनले हार्ड–लेन्थ डेलिभरीको मद्दतले ब्याटरहरूलाई खराब शट खेल्न बाध्य पार्दै २५ रन दिएर ४ विकेट लिए। अन्य एसोसिएट टोलीहरूविरुद्ध थप पाँच विकेट लिएका उनले ४ खेलमा कुल १३ विकेट लिएका छन्, जुन यो समाचार तयार पार्दासम्म प्रतियोगिताकै सर्वाधिक विकेट हो।
१०. आर्यन दत्त (नेदरल्यान्ड्स)
(१७.८० को औसत र ६.८४ को इकोनोमीमा ५ विकेट)

नयाँ बलका साथ यी अफस्पिनर पाकिस्तान र भारतविरुद्ध निकै घातक सावित भए र दुवै टोलीको शीर्ष क्रमलाई धराशायी बनाए। उनले विश्वकपभरि बललाई मज्जाले घुमाए र कोलम्बोमा अयुब र सलमान अली आगालाई आउट गर्दै पाकिस्तानलाई संकटमा पारे। त्यसपछि भारतविरुद्ध ४ ओभरको स्पेलमा १६ डट बल फाल्दै भारतको खतरनाक शीर्ष क्रमलाई बाँधेर राखे, जहाँ उनले अभिषेक शर्मालाई शून्यमा र इशान किशनलाई सस्तैमा पेभेलियन फर्काए।
११. क्रिशन कलुगामागे (इटाली)
(१६.५७ को औसत र ७.७३ को इकोनोमीमा ७ विकेट)

कलुगामागेको फ्लाइटेड रिस्ट–स्पिन डेलिभरीहरू स्पिन बलिङ रुचाउनेहरूका लागि निकै आकर्षक थिए। इटालीको ऐतिहासिक पहिलो जितमा उनले ४ ओभरमा १८ रन मात्र दिएर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीसहित ३ विकेट लिँदै वानखेडेमा रहेका नेपाली समर्थकहरूलाई शान्त गराए। इंग्ल्यान्डविरुद्ध महँगो सावित भए पनि उनले टम ब्यान्टन र साम करनलाई आउट गरे। उनले वेस्ट इन्डिजको बलियो ब्याटिङ लाइनअपविरुद्ध २५ रन दिएर २ विकेट (सर्वाधिक रन बनाउने शाई होप र जेसन होल्डरको विकेटसहित) लिँदै प्रतियोगिताको सानदार अन्त्य गरे।
१२औँ खेलाडी: माइकल जोन्स, स्कटल्यान्ड (३५.५० को औसत र १४२ को स्ट्राइक रेटमा १४२ रन)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण