कर्णालीका सांसद शर्मामाथिको कारबाहीमा सर्वोच्चको ब्रेक
सारांश
- सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा रोक लगाएको छ।
- तत्कालीन माओवादीले कारबाही गरेपछि शर्माले प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
- अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् राख्न आदेश दिएको हो।
काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा ब्रेक लगाइदिएको छ । बिहीबार सर्वोच्च अदालतले शर्माको पक्षमा आदेश दिएको हो ।
तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको भन्दै कारबाही गरेको थियो। सोहीअनुसार प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेसँगै शर्मा सर्वोच्च गएका थिए।
आज न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको हो ।
इजलासको आदेशअनुसार अब शर्माको पद अन्तिम टुङ्गो नलागेसम्म पद कायम रहनेछ । यस सम्बन्धमा शर्माले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय समिति संयोजक पुष्पकमल दाहाल, नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सभा दलको कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण