कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुम्यो
सारांश
- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेपछि उनको प्रदेशसभा सदस्य पद रिक्त भएको छ।
- नेपाल कम्युनिस्ट पार्टीले शर्मालाई पार्टीको साधारण सदस्यबाट समेत हटाएपछि प्रदेशसभा सचिवालयले पद रिक्त भएको जनाएको हो।
- पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा शर्मालाई कारबाही गरिएको हो, जसले गर्दा पद रिक्त भएको छ।
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता राजकुमार शर्माको प्रदेशसभा सदस्य पद रिक्त भएको छ। नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका सदस्यसमेत रहेका शर्मामाथि पार्टी अनुशासन र नीति विपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको बुझिएको छ। सचिवालयले जारी गरेको सूचना अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ को उपदफा (१) बमोजिम यस्तो सूचना प्राप्त भएपछि सभामुखले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने प्रावधान छ।
तर, हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाले सभामुखको निर्देशनमा सचिवालयको सूचना पाटीमा यो जानकारी टाँस गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। ऐनको व्यवस्था अनुसार सभाको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सूचना पाटीमा टाँस गरेपछि सो पद रिक्त भएको मानिन्छ।
कर्णाली प्रदेशसभा नियमावली, २०५१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम यो सूचना सार्वजनिक गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण