छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सारांश
- देशका विभिन्न जिल्लाहरूमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
- पर्सा, रूपन्देही, चितवन, मोरङ र तनहुँमा भएका दुर्घटनामा मोटरसाइकल र अन्य सवारी साधन संलग्न थिए।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ र चालकहरूलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१५ महावीर चोकमा म.प्र.०३–०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बारा परवानीपुर गाउँपालिका–३ बस्ने २८ वर्षीय राकेश यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का एक जनाको न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।
यस्तै रूपन्देहीको शुद्धोधन गाउँपालिका–६ सेमरीस्थित सडकमा लु.९५ प ७८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–६ गुरौली बस्ने ५० वर्षीय रामबहादुर घर्तीमगरको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।
चितवनको राप्ती नगरपालिका–७ पम्फा पुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी भइरहेको छ।
मोरङको बेलबारी नगरपालिका–२ लोहोन्द्रा पुलस्थित सडकमा को.३५ प ९७५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७९ वर्षीय जसबहादुर राईको बिहीबार साँझ मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित सडकमा ग.१६ प ६९७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४८ वर्षीय वीरबहादुर दरैको गए राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनामा संलग्न मोटरसाइकल चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण