भोट हाल्नका लागि ८ लाख मतदाताले काठमाडौँ छाड्दै, कहिलेसम्म चल्न पाउँछन् सवारी ?
सारांश
- प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँमा बसोबास गर्नेहरू गाउँ फर्किन थालेका छन्।
- निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
- यातायात व्यवसायीका अनुसार करिब ७ देखि ८ लाख मानिसले चुनावका लागि काठमाडौं छोड्ने अनुमान छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन थालेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जसअनुसार अब गाउँ फर्किनेहरूका लागि अब अब ५ दिनको समयमात्रै बाँकी छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले निर्वाचनमा करिब ७ देखि ८ लाख मानिसले काठमाडौँ छोड्ने अनुमान गरिएको रातोपाटीलाई बताए ।
सिटौलाले पछिल्ला केही दिनदेखि नै मानिसहरू बाहिरिने क्रम सुरु भइसकेको बताउँदै अबको केही दिनमा यो सङ्ख्या अझै बढ्ने बताए । विशेषगरी मधेस प्रदेशमा होली पर्व नजिकिएको र निर्वाचनका कारण अत्यधिक चाप देखिएको उनको भनाइ छ ।
विगतका चुनावहरूमा राजनीतिक दलहरूले नै ठुलो सङ्ख्यामा गाडी रिजर्भ गर्ने र मतदाताको भाडा तिर्ने प्रचलन बढी हुने गरेको भए पनि यस पटक त्यस्तो अवस्था कम देखिएको सिटौलाको भनाइ छ ।
उनले भने, ‘अहिले दैनिक बुकिङ नै भइरहेको छ, अग्रिम बुकिङको चाप त्यति छैन । पार्टीहरूले नै रिजर्भ गरेर लाने भन्दा पनि मानिसहरू आफैँ वा समूहमा रिजर्भ गरेर जाने क्रम बढी छ ।’
साथै यातायात व्यवसायीहरूले मतदाता ओसार्न दलहरूले प्रत्यक्ष पैसा तिरेको आधिकारिक जानकारी नभए पनि मानिसहरूमा चुनावमा जाने उत्साह भने राम्रो रहेको बताएका छन् ।
कहिलेसम्म चल्न पाउँछन् सवारी साधन ?
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
आयोगका अनुसार उक्त अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ । अन्य सवारी साधन भने आयोगबाट पास प्राप्त गरेपछि मात्रै चलाउन पाइने व्यवस्था गरिएको छ । निर्वाचनको दिन शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।
सिटौलाले पनि चुनावको समयमा गाडी चल्ने वा नचल्ने विषयमा सरकार र निर्वाचन आयोगको निर्णय नै अन्तिम हुने प्रस्ट पारे । ‘सरकार र निर्वाचन आयोगले जुन तालिका दिन्छ, हामीले त्यही पालना गर्ने हो । चुनावको अघिल्लो दिनसम्मको जे सेड्युल छ, त्यही अनुसार यातायात सञ्चालन हुन्छ,’ उनले भने । हाल मतदाता र सर्वसाधारणको सहजताका लागि सबै क्षेत्रमा सवारीहरू पुर्याउने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण