लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
शुक्रबार, १५ फागुन २०८२, २० : ०५
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
‘युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनानमा तैनाथ श्री सबुज गणको ६६औं डफ्फालाई बदली गर्न नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको हो । सबुज गणलाई बदली गर्नका लागि श्री विष्णुदल गणको ६७ औं टोली मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।
६७ औं डफ्फाका २२४ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त मिसनमा आफ्नो तोकिएको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।
जंगी अड्डाका अनुसार हाल लेबनानको शान्ति मिसनमा ८५४ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण