पूर्वप्रधानमन्त्री ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग
शनिबार, १६ फागुन २०८२, १४ : ४३
दमक । झापाको दमक नगरपालिका- ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् । शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयवासी तथा व्यवसायीहरूलाई कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।
एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नवीकरण तथा कर भुक्तानीका लागि अनेकौँ कार्यालय धाउँदा स्वदेशमा नै उद्यमी बन्न निरुत्साहित हुनु परेको उनीहरूको भनाइ छ ।
झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजङ्घा टोलका मतदाताहरूसँग समेत भेटघाट गरेका छन् । उनी हाल आफ्नै निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटमा सक्रिय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण