इरान-इजरायल युद्धको रापमा खाडी मुलुक
सारांश
- इरान र इजरायलबीचको भिडन्तको असर छिमेकी खाडी मुलुकहरूमा पनि देखिन थालेको छ।
- बहराइनमा शक्तिशाली विस्फोट भएपछि गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्यो।
- कतारले इरानको मिसाइललाई 'प्याट्रियट' प्रणालीमार्फत ध्वस्त पारेको छ।
तेहरान । इरान र इजरायलबिचको सिधै भिडन्तको असर अब छिमेकी खाडी मुलुकहरूमा पनि देखिन थालेको छ।
पछिल्लो प्राप्त रिपोर्टअनुसार बहराइनका विभिन्न स्थानमा शक्तिशाली विस्फोटहरू भएका छन्। विस्फोटको घटनालगत्तै बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तत्काल नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
यसैबिच, कतारको रक्षा मन्त्रालयले आफ्नो आकाशमा आएको एक इरानी मिसाइललाई 'प्याट्रियट' रक्षा प्रणालीमार्फत सफलतापूर्वक बीचमै ध्वस्त पारिदिएको जनाएको छ।
उता, आफ्ना कयौँ सहरहरूमा हमला भएपछि इरानको गृह मन्त्रालयले नागरिकहरूलाई शान्त रहन अपिल गरेको छ। तास्निम समाचार एजेन्सीका अनुसार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अपराधी शत्रुले पुनः एकपटक सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै र वार्ता चलिरहेकै समयमा हाम्रो प्यारो मातृभूमिमाथि आक्रमण गरेको छ।’
मन्त्रालयले देशभरका गभर्नरहरूलाई उच्च सतर्कतामा रहन र जनताको आकस्मिक आवश्यकताहरू पूरा गर्न सबै सरकारी सुविधाहरू परिचालन गर्न निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण