एन्फा राष्ट्रिय लिग : विभागीय डर्बीमा एपीएफ र पुलिसले बाँडे अंक
सारांश
- एपीएफ र नेपाल पुलिस क्लब बीचको खेल २-२ गोलको बराबरीमा टुङ्गियो।
- श्री भगवती क्लबले काँक्रेविहार क्लबलाई ६-० गोलले पराजित गर्यो।
- एपीएफको २० अंक र श्री भगवतीको ८ अंक पुग्यो भने पुलिसको ८ अंक मात्रै छ।
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिग अन्तर्गत शनिबार भएको विभागीय भिडन्त रोमाञ्चक बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
दुवै टोलीले आक्रामक खेल पस्किए पनि जित निकाल्न सकेनन्। यो बराबरीपछि ८ खेल खेलिसकेको एपीएफको २० अंक पुगेको छ भने समान खेलबाट पुलिसको खातामा ८ अंक मात्रै छ। शनिबार नै सोही मैदानमा भएको पहिलो खेलमा भने श्री भगवती क्लबले एकपक्षीय जित दर्ता गरेको छ।
श्री भगवतीले काँक्रेविहार क्लबलाई ६–० को भारी गोल अन्तरले स्तब्ध पार्दै महत्त्वपूर्ण ३ अंक जोडेको हो। मैदानमा सुरुदेखि नै दबाब बनाएको श्री भगवतीका अगाडि काँक्रेविहारको रक्षापङ्क्ति निरिह देखिएको थियो।
यो जितसँगै ८ खेल खेलेको श्री भगवतीले ८ अंक नै पुर्याएको छ भने पुछारमा रहेको काँक्रेविहार १ अंकमा सीमित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण