ओलीको चुनाव प्रचारमा पुगे योगेश भट्टराई
आइतबार, १७ फागुन २०८२, १० : ३७
सारांश
- एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमकमा केपी शर्मा ओलीलाई भोट माग्न आइपुगेका छन्।
- भट्टराईले शनिबार ताप्लेजुङमा चुनावी सभालाई सम्बोधन गरेर ओलीको निर्वाचन क्षेत्र झापा-५ मा आएका हुन्।
- उनी सोमबार कमल गाउँपालिकामा हुने र्यालीको उद्घाटन गर्दैछन्, र ओलीको चुनावी कार्यक्रममा सहभागी हुनेछन्।
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई पनि दमक आइपुगेका छन् ।
भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइपुगेका हुन् । भट्टराई झापा आइपुगे लगत्तै मतदातासँगको भेटमा सक्रिय भएका छन् ।
उनी सोमबार कमल गाउँपालिका हुने रयाली उद्घाटनका लागि पुग्दैछन् । ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
-
नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
-
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा
-
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण