मिसाइल आक्रमणमा दुई इजरायलीको निधन भएकाे छ : इजरायल रक्षा बल
सारांश
- इरानको क्षेप्यास्त्र प्रहारबाट दुई इजरायली नागरिकको मृत्यु भएको छ।
- इजरायली सेनाले हवाई प्रतिरक्षा प्रणाली त्रुटिरहित नभएको स्वीकार गरेको छ।
- इजरायलले अमेरिकी सेनासँगको सहकार्यमा सैन्य अभियान जारी राख्ने जनाएको छ।
तेल अभिभ । इरानको क्षेप्यास्त्र प्रहारबाट दुई इजरायली नागरिकको मृत्यु भएको छ । सो आक्रमण दुई जनाको मृत्यु भएको इजरायली सेनाले जानकारी दिएको हो ।
हवाई प्रतिरक्षा प्रणाली व्यापक रूपमा परिचालन गरिए पनि पूर्ण रूपमा त्रुटिरहित नभएको इजरायल रक्षा बल (आईडीएफ)का प्रवक्ता एफी डेफ्रिनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनले भने, ‘हामीसँग आईडीएफको हवाई प्रतिरक्षा प्रणालीका व्यापक अपरेसनहरू भए पनि यो पूर्ण रूपमा त्रुटिरहित छैन ।’
उनले नागरिकहरूलाई अधिकारीहरूको निर्देशन पालना गर्न र आक्रमणका बेला सुरक्षित आश्रय स्थलमा जान आग्रह गरेका छन् । इरानको प्रतिरक्षा प्रणालीलाई गम्भीर रूपमा क्षति पुर्याइसकेको डेफ्रिनले जानकारी दिएका छन् । इजरायलले अमेरिकी सेनासँग सहकार्य गर्दै आफ्नो सैन्य अभियान जारी राख्ने पनि उनले बताए ।
‘हामीले निर्धारण गरेका सबै लक्ष्य हासिल नभएसम्म यो अभियान जारी रहनेछ’ उनले थप भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिफिल्मकी समिया अब फिल्ममा
-
जोडर्नविरुद्ध अल्जेरियाले फर्कायो गोल, खेल रोमाञ्चक मोडमा
-
चियाका पारखी प्रधानमन्त्रीलाई खुला पत्र !
-
म्यानमारमा सेनाको बर्बरता : ७०० भन्दा बढी सर्वसाधारणको हत्या
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण