बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

आइतबार, १७ फागुन २०८२, २२ : २९
आइतबार, १७ फागुन २०८२

सारांश

  • सिन्धुलीको हरिहरपुरगढीमा श्रीमानले श्रीमतीको हत्या गरे।
  • ४५ वर्षीय वीरबहादुर राईले बन्चरो प्रहार गर्दा ४६ वर्षीया रिता राईको घटनास्थलमै मृत्यु भयो।
  • प्रहरीले वीरबहादुरलाई पक्राउ गर्यो र घटनाको कारण खुलेको छैन।

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ४५ वर्षीय वीरबहादुर राईले आफ्नै घरमा ४६ वर्षीया श्रीमती रिता राईमाथि बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । घटनाबारे जानकारी हुनासाथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको नेतृत्वको टोलीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको नेतृत्वमा टोली खटिएको छ । घटनास्थल प्रहरी चौकी हरिहरपुरगढीबाट करिब ४ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप