शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आइतबार २७ अन्तर्राष्ट्रिय उडान रद्द

सोमबार, १८ फागुन २०८२, ०८ : १२
सोमबार, १८ फागुन २०८२

सारांश

  • आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वटा उडान रद्द भए।
  • मध्यपूर्वको तनावका कारण नेपालबाट ती क्षेत्रका उडान रद्द भएका हुन्।
  • कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानका उडान प्रभावित भए।

काठमाडौं । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २७ वटा उडान रद्द भएका छन् । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण नेपालबाट ती क्षेत्रमा जाने उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो प्रस्थान र आगमन सहितको संख्या हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमाद, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेतको कुवेत विमानस्थल तथा ओमानको मस्कट विमानस्थलमा उडान हुँदै आएका  थिए । 

यी सबै गन्तव्यमा हुने प्रस्थान र आगमन अहिले रोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप