रौतहटको राजापुर ३ मा शङ्कास्पद वस्तु फेला
सोमबार, १८ फागुन २०८२, ०९ : ५७
रौतहट। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मात्र तीनदिन बाँकी रहँदा रौतहटको राजापुर नगरपालिका ३ स्थित सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ।
भारतीय सिमानासँग जोडिएको राजापुर ३ स्थित बाटोमा खाली ड्रम भित्र तार पाइप जस्तो शङ्कास्पद वस्तु देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै शङ्कास्पद वस्तु बारे छानबिन भइरहेको तथा गौर पुरेनवा स्थित नारायण दल गण बाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ गइसकेको बताएका छन्। घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण