इरानका वरिष्ठ गुप्तचर अधिकारी मारिएको इजरायलको दाबी
सोमबार, १८ फागुन २०८२, १६ : ३७
तेलअविव । इजरायली रक्षा बल (आईडीएफ) ले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू मारिएको दाबी गरेको छ ।
आईडीएफले सोमबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार इरानको गुप्तचर मन्त्रालयमा इजरायल मामिला हेर्ने उपमन्त्री सैयद यह्या हमिदी मारिएका छन् । वक्तव्यमा गुप्तचर मन्त्रालयको जासुसी विभाग प्रमुख जलाल पोर होसैनसहित अन्य 'शासनका अधिकारीहरू' पनि मारिएको उल्लेख गरिएको छ ।
उनीहरू कसरी, कहिले र कहाँ मारिएका हुन् भन्नेबारे भने विस्तृत विवरण नदिइएको बीबीसीले लेखेको छ । आईडीएफले तेहरानस्थित इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा केही समयअघि आक्रमण गरिएको पनि जनाएको छ ।
यस घटनाबारे इरान सरकारले औपचारिक प्रतिक्रिया भने दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण